बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभाव बिहीबार बेलुकादेखि शनिबारसम्म नेपालमा देखिन सक्ने भन्दै कृषि तथा पर्यटन क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । चक्रवातको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हावाहुरी र मेघगर्जनसहित चट्याङ पर्ने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले पाकेको धान र पशुपन्छीको सुरक्षामा ध्यान दिन विज्ञहरूले सुझाएका छन् । जल तथा