नयाँदिल्ली, भारत । जलवायु परिवर्तनका साझा चुनौती सामना गर्न र विपद् जोखिम न्यूनीकरणमा क्षेत्रीय सहकार्य सुदृढ बनाउने उद्देश्यले नयाँदिल्लीमा ‘जलवायु जोखिम तथा विपद् न्यूनीकरणमा साझा जिम्मेवारी’ विषयक संवाद सम्पन्न भएको छ । भारतस्थित नेपाली राजदूतावास तथा इनिसियटिभ्स अफ मिडिया विमेनको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले हिमालय क्षेत्रको संरक्षण, पूर्वसूचना आदानप्रदान र विपद् उत्थानशील विकासमा जोड दिएका छन् । भारतका लागि नेपालका कार्यवाहक राजदूत डा