काठमाडौं : अर्नब चक्रवातको प्रभावले बिहिबारदेखि शनिबारसम्म नेपालमा वर्षाको सम्भावना कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्। बंगालको खाडीमा विकसित अर्नब चक्रवात भारतको जमिनमा प्रवेश गरेपछि करिब ७ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तरतर्फ अघि बढिरहेको पोखरेलले बताएका छन्। जमिनमाथि रहँदा यसको शक्ति क्रमशः कमजोर हुँदै जाने र अहिलेको पूर्वानुमानले नेपालमा केही कम वर्षा हुने संकेत दिएको उनको भनाइ छ। उनका अनुसार, नेपालमा कति वर्षा हुन्छ भन्ने कुरा चक्रवातको गति मात्रमा नभइ ओसिलो हावाको आपूर्ति