मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

  • बुधबार १२ कात्िक २०८३ ०७:५७ PM
कपिलवस्तु। कपिलवस्तुको वाणगङ्गा नगरपालिका–३, तीनकुनेमा आज मोटरसाइकलको ठक्करबाट गजेहडाकी ६३ वर्षीया जलिया थारूको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय शिवलाल घिमिरेले चलाएको लु१ब ३४१६ नम्बरको मोटरसाइकलले पैदलयात्री थारूलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक दीपेन्द्रकुमार सिंहले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।