पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई दियो १४६ रनको लक्ष्य

  • बुधबार १२ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको चौथो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो।पोखरा एभेन्जर्सका लागि तल्लो मध्यक्रममा आएका अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाउँदै अविजित रहे।  उनले २५ बलमा ४ चौका र १छक्का प्रहार गरे। ओपनर दिनेश खरेल ४ रनमा पेभेलियन फर्किँदा कप्तान कुशल भुर्तेलले २१ रन बनाए।