काठमाण्डु- प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट, तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरी प्रहरी परिचालन प्रभावकारी बनाउन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीलाई निर्देशन दिँदै कार्कीले दीपावली, नेपाल संवत् र छठलगायतका पर्वमा शान्ति सुरक्षा कायम गर्न थप सक्रिय