तेलअभिभ- इजरायलको राजनीतिमा अरब नेतृत्वका दलको प्रभाव फेरि चर्चाको केन्द्रमा आएको छ। मंगलबार सम्पन्न संसदीय निर्वाचनको प्रारम्भिक मतगणनामा अरब नेतृत्वका दुई चुनावी समूहले संयुक्त रूपमा १६ सिट जितेका छन्। १२० सदस्यीय संसद् नेसेटमा सरकार गठनका लागि ६१ सिट आवश्यक पर्ने भएकाले उनीहरूको समर्थन नयाँ सरकार निर्माणमा निर्णायक बन्न सक्ने देखिएको छ। बुधबारसम्मको प्रारम्भिक परिणाममा संयुक्त