काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको चौथो खेलमा पोखरा एभेन्जर्सले पावरप्लेमा ५१ रन बनाएको छ। त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले पावरप्लेमा २ विकेट गुमाउँदै ५१ रन बनाएको हो। मेहेदी हसन पहिलो बलमा नै जीवनदान पाए। अनफिल्ड अम्पायरले आउटको निर्णय दिँदा हसनले डिसिजन रिभ्यू सिस्टम (डीआरएस)को प्रयोग गर्दै जीवनदान पाए। त्यसपछि भने ५.५ ओभरमा २१ बलमा ४ चौका र १ छक्कासहित ३२ रन बनाउँदै उनी क्याच भए। पोखराका कप्तान कुशल भुर्तेल पनि डीआरएसको प