काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। सुदूरपश्चिमले लुम्बिनीविरुद्धकै टोलीलाई निरन्तरता दिएको छ। पोखरा एभेन्जर्सले भने आजको