मोरङ- पर्यटक भिसामा नेपाल आएर आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीबाट १० जना विदेशी नागरिकको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ। बरगाछीमा ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाको संलग्नतामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा विदेशी चिकित्सकसहित १० जना विदेशी नागरिक सहभागी भएको पाइएको हो। विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयअनुसार उनीहरूका