काठमाडौं । एनएमबी बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवालाई थप सहज र प्रभावकारी बनाउने लक्ष्यसहित भिजासँग सहकार्य गरेको छ । बैंकले भिजाको ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता गरेको हो । यस सम्झौतापछि एनएमबी बैंकका ग्राहकले विदेशमा रकम पठाउन थप सहज माध्यम प्राप्त गर्नेछन् । भिजाको यो प्रविधि विश्वका १९५ भन्दा बढी देश