लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प छैन  : एमाले अध्यक्ष ओली

  • बुधबार १२ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि आन्दोलनको विकल्प नरहेको बताएका छन्।बुधबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय कमिटी सदस्यहरू मोहम्मद इस्तियाक राई, डा. पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्टलाई शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले आन्दोलनका लागि मानसिक रूपमा तयार रहन नेता तथा कार्यकर्तालाई आग्रह गरे। उनले पार्टीलाई बलियो बनाउन, एकताबद्ध राख्न र प्रतिगमनलाई पराजित गर्न आन्दोलनको तयारी गर्नुपर्ने बताए। कठिन राजनीतिक परिस्थितिमा पनि सत्य, न्याय र देशको