पोखराविरुद्ध सुदूरपश्चिमले टस जितेर बलिङ गर्ने

  • बुधबार १२ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो दिन चौथो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएको छ। सुदूरपश्चिम रोयल्सको यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिम रोयल्सल लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। पोखरा एभेन्जर्सको भने यो पहिलो खेल हो।