काठमाडौं : कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) का सन्दर्भमा नेपालको पोजिसन पेपर तयार भइसकेको बताएकी छन्।सिंहदरबारमा बुधबार बसेको प्रतिनिधि सभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री चौधरीले जलवायु परिवर्तनले पारेका असरसम्बन्धी विभिन्न प्रतिवेदन र सुझावहरूलाई आत्मसात् गर्दै नेपालको पोजिसन पेपर तयार गरिएको बताएकी हुन्। उनले जलवायु