लुम्बिनीमा दसैँदेखि कात्तिक ९ सम्म ३४८ सवारी दुर्घटना, ३६ जनाको मृत्यु

  • बुधबार १२ कात्िक २०८३ ०९:१६ AM
बुटवल । लुम्बिनी प्रदेशमा दसैँको घटस्थापनादेखि कात्तिक ९ गतेसम्म ३४८ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । १३६ जना घाइते भएका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय लुम्बिनी, बुटवलका सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार दुर्घटनामा मृत्यु हुनेमा २८ पुरुष र आठ महिला छन् । सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन् । बुढथापाका अनुसार उक्त अवधिमा मोटरसाइकलसम्बन्धी ३१६ वटा र जिप तथा कारसम्बन्धी ६६ वटा दुर्घटना भएका छन् । दसैँ, तिहारलगायत चाडपर्वमा यात्रुको आवागमन बढ्ने भएकाले दुर्घटनाको जोखिम पनि बढ्ने गरेको सूचना अधिकारी बुढथापाले बताए । विशेषगरी ... The post लुम्बिनीमा दसैँदेखि कात्तिक ९ सम्म ३४८ सवारी दुर्घटना, ३६ जनाको मृत्यु appeared first on Kalika Khabar.