आईजीपी कार्कीलाई हटाउने तयारी, राजीनामा नदिए पदमुक्त गर्ने विकल्पमा छलफल

  • बुधबार १२ कात्िक २०८३ ०९:२८ AM
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने प्रयास भइरहेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्कीलाई पदबाट हटाउन विभिन्न विकल्पमा छलफल अघि बढाएको प्रधानमन्त्रीको सचिवालयनिकट स्रोतको दाबी छ । स्रोतका अनुसार कार्कीलाई राजीनामा दिन दबाब दिइएको र राजीनामा नदिए पदमुक्त गर्ने विकल्पबारे समेत छलफल भइरहेको हो । कार्कीलाई हटाउने प्रयास अहिले इनम सापकोटा प्रकरणसँग जोडेर चर्चामा ल्याइए पनि सरकार गठन भएदेखि नै उनीमाथि विभिन्न माध्यमबाट दबाब सिर्जना भइरहेको स्रोतको दाबी छ । इनम सापकोटा प्रकरणलाई त्यसैको एउटा उदाहरणका रूपमा हेरिएको छ । सापकोटाको मोबाइल फोन परीक्षणका क्रममा ... The post आईजीपी कार्कीलाई हटाउने तयारी, राजीनामा नदिए पदमुक्त गर्ने विकल्पमा छलफल appeared first on Kalika Khabar.