प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल कन्फरेन्समार्फत महानिरीक्षक कार्कीले विभिन्न तहका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन्। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रहरी तालिम केन्द्रहरू तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको