सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को बिचमा सीमा सुरक्षा तथा व्यवस्थापन सम्बन्धी द्विपक्षीय बैठक काठमाडौँमा सुरु भएको छ । बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ सम्म चल्नेछ । बैठकमा सहभागी हुन एसएसबीका महानिर्देशक संजय सिंघल आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेर काठमाडौँ आएका छन् । सशस्त्र प्रहरी महानिरीक्षक नारायदत्त पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन्