खुल्यो एन्फाको ताला, १३ गतेका लागि डाकियो कार्यसमिति बैठक

  • बुधबार १२ कात्िक २०८३ ०८:३७ AM
काठमाडौं । अखिल नेपाल फुटबल संघ ९एन्फा०को कार्यालयमा लागेको ताला खाोलिएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का नेतृत्वको बहुमत सदस्यले कार्यालयको ताला चार महिनापछि खोलेका हुन्। कार्यालयको ताला खोलेसँगै बसेको बैठकले कात्तिक १३ गते कार्यसहिति बैठक बोलाउने निर्णय गरेको छ । छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री, मनिष जोशीलगायत सहभागी थिए। एन्फाको विधान अनुसार २१ दिन अघि एकतिहाइ बढी सदस्यहरुले एन्फा कार्यसमितिको बैठक आह्वान गर्न माग गर्दा पनि बैठक आह्वान नभएपछि २२ औं दिनमा एन्फा कार्यालयको ताला खोल्दै बैठक ... The post खुल्यो एन्फाको ताला, १३ गतेका लागि डाकियो कार्यसमिति बैठक appeared first on Kalika Khabar.