अदालतमा उपस्थित भए एन्फा अध्यक्ष र महासचिव

  • बुधबार १२ कात्िक २०८३ ०९:०० AM
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालत उपस्थित भएका छन् । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा सीआईबीले मुद्दा दायर गरेपछि उनीहरू फरार रहेका थिए । उनीहरू बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् । उनीहरूको बयान सकिइसकेको छ । अब थुनछेक बहस हुनेछ । यही मुद्दामा यसअघि कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जीव पाण्डे धरौटीमा रिहा भइसकेका छन् । The post अदालतमा उपस्थित भए एन्फा अध्यक्ष र महासचिव appeared first on Kalika Khabar.