तथ्यांकमा स्वास्थ्य सेवा : १० वर्षमा कति बढ्यो औसत आयु ?

  • बुधबार १२ कात्िक २०८३ ०२:०० PM
काठमाडौं :  विद्यालय नर्स कार्यक्रम २०७७ सालमा सुरु हुँदा धेरैले स्वास्थ्य संस्थामा नर्स छैनन्, स्कुलमा किन चाहियो भनेर आलोचना गरेका थिए। तर विद्यालयमा नर्स हुँदा धेरै सहज महसुस विद्यार्थीमात्र नभएर शिक्षक—शिक्षिकाहरूले पनि गरेका छन्।विद्यालयमा नर्स हुँदा विद्यार्थी तथा शिक्षकमा असावधानीवश हुने चोटपटकमा प्राथमिक उपचार, महिनावारीको समयमा प्याड वितरण, स्वास्थ्य सल्लाह, पोषणको अवस्थामा पहिचानमा सहज भएको छ। यसले छात्राहरूको नियमित उपस्थितिलाई सहजमात्र बनाएको छैन, महिनावारी हुँदा बोल्न लजा