काठमाडौं : अन्नपूर्ण संरक्षण क्षेत्रमा असोज महिनामा ३२ हजार ९ सय ६३ विदेशी पर्यटकले भ्रमण गरेका छन्। जसमध्ये दक्षिण एसियाली मुलुकका १२ हजार ६ सय ४५ र अन्य देशका २० हजार ३ सय १८ पर्यटक रहेका छन्।गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष २ हजार ४ सय १६ पर्यटक बढी आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डा. रविन कडरियाले बताए। गत वर्ष असोजमा ३० हजार ५ सय ४७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। चालु आवमा सबैभन्दा बढी पर्यटक असोजमा भित्रिएका हुन्। भदौमा १७ हजार ९ सय १३ र साउनमा २६ हजार ५ सय ९१ प