हिमपर्वत हाइड्रोपावरको आईपीओ खुल्यो

  • बुधबार १२ कात्िक २०८३ ०७:२१ AM
काठमाडौं । हिमपर्वत हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको हो । कम्पनीले आफ्नो जारी पुँजीको ३५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ