काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी) भारत बीच सीमा सुरक्षा तथा व्यवस्थापन, सीमा अपराध नियन्त्रण तथा दुई देशका सीमावर्ती सुरक्षा निकायबीच आपसी समन्वय र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले १०औँ द्विपक्षीय समन्वय बैठक आज बुधबारदेखि काठमाडौंमा सुरु भएको छ । शुक्रबारसम्म चल्ने बैठकमा दुवै देशका सीमा सुरक्षा निकायलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको