प्रधानसेनापति सिग्देलद्वारा उपरथीमा बढुवा भएका खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान

  • बुधबार १२ कात्िक २०८३ ०७:४४ AM
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका तीन जना प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।