जिल्ला प्रहरी परिसर काठमाडौँले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सञ्चालन गरेको विशेष अभियानका क्रममा २४ घण्टाभित्र ९२ जनालाई पक्राउ गरेको छ। परिसरले काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरेको ‘स्विप अपरेसन’ का क्रममा शंकास्पद गतिविधिमा संलग्न तथा आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूमाथि निगरानी बढाउँदै उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी