असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त बनायो । नदी किनारका बस्ती, सडक, पुल, विद्युत् आयोजना र खेतीयोग्य जमिनमा ठूलो क्षति पुग्यो । कतिपय बस्ती उजाडिए भने सयौँ परिवार विस्थापित भए । वर्षौँ लगाएर निर्माण गरिएका पूर्वाधार क्षणभरमै क्षतविक्षत बने । यो विपत्ति