काठमाडौं : नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ९८० कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार ९७० कायम भएको थियो ।