साउदीमा सुरक्षा सतर्कता बढेपछि नेपाली दूतावासको ५ बुँदे अपिल

  • बुधबार १२ कात्िक २०८३ १२:०० PM
साउदी : साउदी अरेबियामा पछिल्लो समय सुरक्षा सतर्कता बढाउनुका साथै मध्यपूर्वको क्षेत्रीय परिस्थितिका कारण हवाई उडानमा समेत अवरोध देखिन थालेपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकहरूलाई लक्षित गर्दै पाँच बुँदे विशेष अपिल जारी गरेको छ।दूतावासले सुरक्षा निकायबाट चेतावनी जारी भएको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन, आधिकारिक निर्देशन पालना गर्न, अपुष्ट सूचना तथा फोटो–भिडियो सामाजिक सञ्जालमा सेयर नगर्न र हवाई यात्रा गर्नुअघि उडानको अवस्था यकिन गर्न आग्रह गरेको छ