गोरखा : बुढीगण्डकीमा विनाशकारी बाढी आएको १७ दिन बित्यो, अझै कालो पानी बग्न छाडेको छैन। बाढीका बेला बगेको कालो लेदो अहिले पनि बग्न नछाडेकाले बुढीगण्डकी अहिले पनि कालै रङमा देखिने गरेको हो।बर्खाका दुई महिनाबाहेक प्रायः सधैं सङ्लो र नीलो देखिने बुढीगण्डकी लामो समयदेखि कालै रङमा बगेपछि देख्नेहरू अचम्मित छन्। ‘खै किन हो, अहिलेसम्म पनि बुढीगण्डकीमा कालो पानी बग्छ,’ आरुघाट गाउँपालिका–३ सोतीका अजय गुरुङ भन्छन्, ‘त्यस दिनमा बाढीले ढाकेको वल्लो किनार, पल्लो किनारको धेरै फराकिल