काठमाण्डु –इजरायलको आमनिर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको समर्थनमा रहेको गठबन्धनको अग्रता खुम्चिन थालेको छ। द टाइम्स अफ इजरायलका अनुसार बुधबार बिहान ४ बजेर ५१ मिनेटसम्म ३२.५ प्रतिशत मतपेटिकाको गणना हुँदा नेतान्याहु समर्थक गठबन्धनले ५९ सिट प्राप्त गर्ने देखिएको छ। नेतान्याहुविरोधी गठबन्धनले भने ४६ सिट पाउने प्रारम्भिक अनुमान छ। यसअघि सार्वजनिक प्रारम्भिक नतिजामा नेतान्याहु समर्थक