दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

  • बुधबार १२ कात्िक २०८३ ०९:०० AM
विराटनगर: मोरङको मिक्लाजुङमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा ३२ वर्षीय युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार मिक्लाजुङ गाउँपालिका–८ का दिपेन लिम्बूले चलाएको बुलेट मोटरसाइकल तोरीबारी जंगलमा बिजुलीको पोलमा ठोक्किएको थियो।को १५ प ५४७१ नम्बरको मोटरसाइकलका चालक लिम्बू मधुमल्लाबाट खुडीतर्फ जाँदै थिए। सोही क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि उर्लाबारीस्थित अरनिको अस्पताल लगिएको थियो।अस्पताल पुर्‍याइएका