स्याङ्जामा गुडिरहेको स्कुटरमा आगलागी, चालक सुरक्षित

  • बुधबार १२ कात्िक २०८३ ०९:०० AM
स्याङ्जा : चापाकोट नगरपालिकाबाट वालिङतर्फ आउँदै गर्दा एउटा स्कुटरमा अचानक आगलागी भएको छ। आगलागीका कारण स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ।घटनामा स्कुटर चालक चापाकोट–९ का २१ वर्षीय मन्दिप विक भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।टीभीएस कम्पनीको एनटर्क १२५ सीसीको ग १६ प ६१४५ नम्बरको उक्त स्कुटर वालिङ नगरपालिका–५ जगतभञ्ज्याङ आइपुग्दा मंगलबार साँझ गुडिरहेको अवस्थामा अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।घटनाबारे थप अनुसन्धा