काठमाडौं : तिहार नजिकिँदै गर्दा बजारमा फूलको माग र व्यापार उच्च हुँदै गएको छ। तर उपभोक्तामा भने अभाव र महँगो मूल्यको मार खेप्नुपर्ने हो कि भन्ने चिन्ता फेरि देखिएको छ।अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माला अभाव भएपछि उपभोक्ताले महँगो मूल्य तिर्नु परेको थियो। यस वर्ष करिब ४५ लाख माला व्यावसायिक रूपमा उत्पादन हुने अनुमान र मखमली फूलमा आत्मनिर्भरता रहे पनि काठमाडौंमा फूल बिक्री गर्ने स्थानकै टुंगो नलाग्दा बजार व्यवस्थापनमा अन्योल छ। स्वदेशी उत्पादनले मागको ठूलो हिस्सा धान्न सक्ने अवस्था रहे पनि सम