काठमाडौं : अब नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पाइने भएको छ । नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूची (बुँदा नम्बर २१) को प्रतिबद्धता तथा नेपाल नागरिकता (पाँचौं संशोधन) नियमावली, २०८३ बमोजिम सेवाग्राहीले देशका जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्ने भएका हुन्। आगोले जलेर, पानीले भिजेर नष्ट भएमा, च्याडिएर काम नलाग्ने भएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कुनै कारणले प्रतिलिपि लिनुपर्ने अवस्थाका व्यक्तिहरूका लागि यो व्यवस्था लागू गरिएको हो।यस व