झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो

  • बुधबार १२ कात्िक २०८३ ०२:२८ AM
झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५ वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने २४७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्कअनुसार भदौमा ८८ सवारी दुर्घटना भएकामा असोजमा १५५ पुगेको हो । एक महिनाको अवधिमा दुर्घटनाको सङ्ख्या ६७ ले बढेको