काठमाडौं : इजरायलमा सम्पन्न संसद् (नेसेट) निर्वाचनमा ७७.७ प्रतिशत मतदान भएको छ। केन्द्रीय निर्वाचन आयोगका अनुसार मंगलबार भएको यो मतदान सन् १९९९ यताकै सबैभन्दा उच्च हो।निर्वाचनमा व्यापक जनसहभागिता रहे पनि एक्जिट पोल (मतदानोत्तर सर्वेक्षण) हरूका अनुसार कुनै पनि गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न सक्ने देखिएको छैन। प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको दक्षिणपन्थी गठबन्धन र उनका प्रमुख प्रतिद्वन्द्वी गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धन दुवै सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत पुर्