काठमाडौं : रुसको नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेश्कीमा खाद्यान्न र औषधि पुर्याउने उद्देश्यले सुरु गरिएको युद्धविरामलाई खेरसोन क्षेत्रभर विस्तार गरिएको अधिकारीहरूले बताएका छन् ।ओलेश्कीमा हजारौँ नागरिक खाद्यान्न, पानी र बिजुलीको अभावमा फसेका छन् । रुसी सेनाको नियन्त्रणमा रहेको उक्त सहरबाट बाहिरिने सडकसमेत बारुदी सुरुङ र ड्रोन आक्रमणको जोखिमका कारण असुरक्षित रहेको बिबिसिले जनाएको छ ।युद्धविराम विस्तार भएपछि मानवीय सहायता बोकेका सवारीसाधनलाई सुरक्षित रूपमा आवतजावत गर्न सहज हुने