ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • मङगलबार ११ कात्िक २०८३ ०८:०० PM
विराटनगर :  मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। दुर्घटनामा उर्लाबारी नगरपालिका–८ का करिब ५० वर्षीय लोकेन्द्र थापाले ज्यान गुमाएका हुन्।उर्लाबारी नगरपालिका–६ स्थित गोलचोकमा मंगलबार साँझ करिब ५ः५० बजेतिर दुर्घटना भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले बताए । उनका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको बागमती प्रदेश ०१–००४ क २२२८ नम्बरको ट्रकले सडक पार गर्दै गरेको प्रदेश १–०१–०१६ प ८००२ न