पावरप्लेमा जनकपुरको ब्याटिङ सुस्त

  • मङगलबार ११ कात्िक २०८३ ०८:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको तेस्रो खेलमा कर्णाली याक्सले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमा २ विकेट गुमाएर ३२ रन बनाएको छ। त्रिवी क्रिकेट स्टेडियममा जनकपुरले सुरुवाती २ विकेट सस्तैमा गुमायो। ओपनर तृतराज दास १ रनमा पेभेलियन फकिँदा मयन यादव १४ रनमा रनआउट भए। क्रिजमा मोइन अलि र अनिल शाह क्रमशः ७ र८ रन बनाएर खेलिरहेका छन्। कर्णाली याक्सका लागि कप्तान सोमपाल कामीले १ विकेट लिए।