छोरीको कानुनी विवाह छुटाउन प्रहरी प्रमुखलाई रास्वपा नेताको दबाब

  • मङगलबार ११ कात्िक २०८३ ०८:०० PM
जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिका-८ का एक परिवारकी महिला सदस्य हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा खोजतलासको निवेदन दर्ता हुन्छ। निवेदन दर्ता भएको केही बेरमै जिल्ला प्रहरी कार्यालयको सम्पूर्ण टोली ती हराएकी महिलाको खोजतलासमा जुट्छ।प्रहरीले खोजीका क्रममा ती महिला जान सक्ने सम्भावित स्थानहरूमा स्थलगत अनुसन्धान गर्छ। हराएकी महिलाले प्रयोग गर्ने मोबाइलको टावर र लोकेसनका आधारमा थप अनुसन्धान अघि बढ्छ। प्रहरीले मोबाइल पछ्याउँदै कल डिटेल, लोकेसन तथा प्रारम्भिक अनुसन्धानबाट महिला हराएको भन्दा