हिमालपारिको जिल्ला मुस्ताङमा नेवारी संस्कृति झल्किने परम्परागत फल्चा निर्माण गरिएको छ भने ललितपुरमा मुस्ताङको स्याउको प्रतीक निर्माण गरिने भएको छ । फरक भूगोल, फरक सांस्कृतिक पहिचान र मौलिक विशेषता बोकेका यी दुई जिल्लाले एकअर्काको पहिचानलाई सम्मान गर्दै सांस्कृतिक आदानप्रदानको पहल थालेका छन् । ललितपुर महानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबीच स्थापित भगिनी सम्बन्धलाई सांस्कृतिक सम्पदामार्फत थप