बाढी प्रभावितलाई नागरिकताको प्रतिलिपि दिन सुरू

  • मङगलबार ११ कात्िक २०८३ ०७:०० PM
रसुवा : उत्तरगया गाउँपालिकाका बाढी प्रभावितहरूलाई नुवाकोटको होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको छ।गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको थियो। बाढीका क्रममा सर्वसाधारणका महत्त्वपूर्ण कागजात तथा नागरिकतासमेत हराएका र नष्ट भएका थिए। नागरिकता नहुँदा राहत, पुनःस्थापना तथा अन्य अत्यावश्यक प्रशासनिक कार्यमा ढिलाइ नहोस् भन्ने उद्देश्यले नुवाकोटमा रहेका सम्बन्धित होल्डिङ सेन्टरहरूमा नै पुगेर प्रत्यक्ष सेवा दिन थालिएको प्र