लुम्बिनीमा आनीको नियुक्ति विवाद : प्रश्न उठाउनेलाई पक्राउ गरेको भन्दै कांग्रेसद्वारा सरकारको आलोचना

  • मङगलबार ११ कात्िक २०८३ १२:३३ PM
काठमाण्डु- लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर चलिरहेको विवादमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मुख खोलेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिसम्बन्धी विवादमा सरकारको कडा आलोचना गरेका हुन्। उनले आनीको नामै लिएर विवादास्पद व्यक्तिको नियुक्तिबारे प्रश्न उठाउने नागरिकलाई मध्यरातमा पक्राउ गरी हिरासतमा राखेपछि छाडिएको भन्दै सरकारको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।