विराटनगर – कोशी प्रदेश सरकारले आईतबार धनकुटा, भोजपुर र उदपुरको सङ्गमस्थल त्रिवेणीस्थित सप्तकोशी नदीमा बोट दुर्घटनाको सत्य, तथ्य अध्ययन एवं छानबिनको लागि प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन भएको छ । बैठकबाट मृतक परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दुर्घटनामा हराइरहेका व्यक्तिको खोजी गर्न सम्बन्धित निकायमा आग्रह गर्ने निणर््य