कार्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह

  • मङगलबार ११ कात्िक २०८३ ०६:०१ PM
काठमाडौं : अध्यागमन विभागले कार्तिक १२, १३ र १४ गते पदयात्रा नगर्न र नगराउन आग्रह गरेको छ। विभागले मगंलबार एक सूचना जारी गर्दै कार्तिक १२ देखि १४ गतेसम्म उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको उल्लेख गरेको छ। विभागले जारी गरेको सूचनामा पर्यटकहरूलाई उच्च पहाडी र हिमाली क्षेत्रमा नजान र गइसकेको भए उक्त अवधिभर सुरक्षित ठाउँमा रहन अनुरोध गरिएको छ। ‘कुनै पनि निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीले सम्भावित जोखिम न्यून