रोमाञ्चक खेलमा चितवनले विराटनगरलाई ८ रनले हरायो

  • मङगलबार ११ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को तेस्रो संस्करणको दोस्रो खेलमा विराटनगर किंग्सलाई ८ रनले पराजित गर्दै चितवनले विजयी सुरुवात गरेको छ।  कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स १९.३ ओभरमा अलआउट भएको हो। १३२ रनमा ५ विकेट गुमाएको विराटनगरले त्यसपछि भने विकेट जोगाउनै सकेन । ५ विकेटको पतनमा विराटनगरले २६ रन जोड्न सकेन। विराटनगरको ला