भैरहवा : रुपन्देही प्रहरीले सोमबार राति पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँलाई रिहा गरेको छ । प्रहरीले सार्वजनिक स्थानमा उच्छृङ्खल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्याएको भन्दै संयोजक खाँ र वाजिउद्दिन मुसलमानलाई लुम्बिनीबाट नियन्त्रणमा लिएको थियो । मंगलबार छलफलपछि प्रहरीले दिउँसो दुवैजनालाई रिहा गरेको हो ।लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयको महाअभियानले निरन्तर विरोध गर्दै आएको छ । रिहा भएपछि पत्रकारहरूसँग संक