धेरै ज्ञान भएका मानिस मानवतावादी हुन नसके समाज र छिमेकीका लागि पीडादायक :ओली

  • मङगलबार ११ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई नचिन्ने प्रवृति रहेको बताएका छन्। मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण गर्दै अध्यक्ष ओलीले नेपालीहरूमा आफ्ना देशका विद्वानहरूलाई धेरै नचिन्नने वा विद्वान नठान्ने प्रवृत्ति रहेको बताएका हुन्। उनले स्वदेशी विद्वानहरूले जतिसुकै तर्कपूर्ण र तथ्यपूर्ण लेखेको भए तापनि आफ्ना ग्रन्थहरूमा नेपाली लेखकहरूभन्दा विदेशी विद्वानहरूकै उदाहरण दिने परिपाटी बढी रहेको उल्लेख गरे ।