सिरहा । हाटबजारको राजस्वमा अनियमितता गरेको आरोपमा सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन मेयर देवनाथ साह तेलीसहित ६ जना भ्रष्टाचार मुद्दामा तानिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमेयर, उपमेयर, दुई जना प्रमुख प्रशासकीय अधिकृत, राजस्व शाखा प्रमुख र एक ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धानमा आर्थिक वर्ष २०७७–७८ मा पशु हाटबजार, बाख्रा हाटबजार